काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत नेपाल र नामिबियाबीचको एकदिवसीय अन्तराष्ट्रिय नतिजा विहीन सकिएको छ । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल नतिजा विहीन सकिएको हो ।
खेल नतिजा विहीन बनेसँगै दुबै टोलीले १/१ अंक पाएका छन् । नेपालले दिएको १ सय ९८ रनको लक्ष्यसहित नामिबियाले जवाफी ब्याटिङ गरिरहेका खेल वर्षाले रोकिएको थियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९७ बनाएको थियो ।
- सम्बन्धित समाचार
आईसीसी विश्वकप लिग टु : नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य




















प्रतिक्रिया