कतार दोहा । अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।
अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र जुलियान अल्भारेजले गोल गरे ।
खेलको ३५ औँ मिनेटमा मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे । जारी विश्वकपमा मेस्सीको यो तेस्रो गोल हो । उनले क्लब र राष्ट्रिय टोलीका लागि गरि एक हजारौँ खेलमा गोल गरेका हुन् । अल्भारेजले ५७ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।
७७ औँ मिनेटमा अस्ट्रेलियाले एक गोल फर्काएको थियो । अस्ट्रेलियन खेलाडीले प्रहार गरेको बल अर्जेन्टिनाका इन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोल भएको थियो । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने छ ।
जारी विश्वकपका सुरुका दुई खेलमा एक एक गोल गरेका मेस्सीको विश्वकप गोल संख्या ९ पुगेको छ । उनले डीएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई पछाडि पारेका छन् ।
क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्डको भिडन्त हुनेछ ।




















प्रतिक्रिया