Logo

खेलकुद

ब्राजिल क्वार्टरफाइनलमा, सेमिफाइनलका लागि क्रोएसियाँग भिड्ने



सानदार जित निकाल्दै ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहानका राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलान्तरको जित निकाल्दै सर्वाधिक सफल टिम ब्राजिलले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

कतारको राजधानी दोहास्थित स्टेडियम ९७४ मा भएको खेलमा पाँच पटकको विजेता ब्राजिललाई जिताउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले एक-एक गोल गरे।

कोरियाका पाइक सेउङ(होले सान्त्वना गोल गरे।

खेलको छैटौं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिलले सुरुआती अग्रता बनाएको थियो।

भिनिसियसले ब्राजिलका लागि दोस्रो गोल गरेका हुन्। उनले सबै प्रतियोगिता गरी ब्राजिलका लागि १९ खेल खेलेका छन्।

खेलको १२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गरेका थिए। यस गोलसँगै नेयमार ब्राजिलका लिजेन्ड खेलाडी पेलेको कीर्तिमाननजिक पुगेका छन्।

७७ गोल गरेका नेयमारले थप दुई गोल गरेमा उनले ब्राजिलका लागि सर्वाधिक धेरै गोल गर्ने पेलेको रेकर्ड तोड्ने छन्।

खेलको २८‍औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रता तेब्बर बनाए। यससँगै रिचार्लिसनले ब्राजिलका लागि सबै प्रतियोगितामा नौ खेल खेल्दा १० गोल गरेका छन्।

खेलको ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले ४-० गोलको अग्रता बनायो। उनले भिनिसियस जुनियरको पासमा गोल गरे।

७६औं मिनेटमा सेउङ-होले गोल गरे पनि कोरियालाई खेलमा फर्किन पर्याप्त भएन।

यस खेलमा ब्राजिलका मुख्य प्रशिक्षक टिटेले टोलीका २६ जनै खेलाडीलाई खेल्ने मौका दिएका थिए।

जितसँगै ब्राजिल क्वार्टरफाइनल पुग्ने छैटौं टिम बनेको छ। यसअघि अर्जेन्टिना, नेदरल्यान्ड, फ्रान्स, इंग्ल्यान्ड र क्रोएस‍ियाले अन्तिम आठमा स्थान पक्का गरिसकेका छन्।

क्रोएसिया मंगलबार राति जापानमाथि पेनाल्टी सुटआउटमा ३-१ गोलको जित निकाल्दै अन्तिम आठमा पुगेको हो।

अब ब्राजिल सेमिफाइनलका लागि साविक उपविजेता क्रोएसियासँग खेल्ने छ । क्रोएसिया जापानमाथि पेनाल्टी सुटआउटमा ३-१ गोलको जित निकाल्दै अन्तिम आठमा पुगेको हो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ०२:४२   :  बजे

678
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।