Logo

अर्थ

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ गते, लाभांश पारित गर्ने मुख्य एजेन्डा



काठमाडाैं । प्रभु बैंकको आफ्नो २१औँ वार्षिक साधारणसभा आउँदो पुस १४ गते हुने भएको छ । बैंक सञ्चालक समितिको बुधबार (मंसिर २१ गते) बसेको बैठकले गरेको निर्णयानुसार उक्त सभा पुस १४ गते काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ६.५ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ८ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यसैगरी, सभाबाट सेञ्चुरी बैंकलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ। सेञ्चुरी बैंकलाई प्राप्ति गर्न संयुक्त प्राप्ति समितिले गरेको निर्णयलगायतका सम्पूर्ण कामकारबाही सभाले पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। लाभांश र वार्षिक साधारसभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर २९ गतेसम्म कायम सेयरधनी मात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुन्छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार ११:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।