Logo

बैंकिङ

शनिबार र आइतबार पनि बैंकिङ सेवा दिँदै नबिल बैंक



काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकलाई सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ३६५ दिने बैंकिङ काउन्टर सञ्चालन हुने शाखाहरूबाट शनिबार र आइतबार पनि नियमित कारोबार हुने जनाएको छ।
बैंकले सूचना जारी गर्दै २०८३ साल मंसिर ५ गते शनिबार र ६ गते आइतबार उक्त सेवा सञ्चालन हुने शाखाहरूबाट बैंकिङ कारोबार गर्न सकिने जानकारी दिएको हो।
बैंकका अनुसार कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमती प्रदेशको तीनधारा र ललितपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र धनबोजी तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखाबाट सेवा उपलब्ध हुनेछ।
तीनधारा शाखाबाहेक अन्य सबै शाखामा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार गर्न सकिने बैंकले जनाएको छ। तीनधारा शाखामा भने दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म बैंकिङ सेवा उपलब्ध हुनेछ।
बैंकले ३६५ दिने बैंकिङ काउन्टर सेवाअन्तर्गत एक पटकमा अधिकतम १० लाख रुपैयाँसम्म जम्मा गर्न र २ लाख रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ।
बैंकले ग्राहकलाई तोकिएका शाखा तथा निर्धारित समयअनुसार सेवा लिन आग्रह गरेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १२:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।