Logo

खेलकुद

विश्वकप : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसिया, दाश्रो अर्जेन्टिना र नेदरल्याण्ड खेल्दै



कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । पहिलो क्वाटरफाइनलमा खेलमा ब्राजिल र क्रोएसियाले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

नकआउट चरणमा ब्राजिलले दक्षिण कोरियालाई हराएको थियो । यस्तै साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राती पौने १ बजे लुसाइल स्टेडियममा हुनेछ । नकआउट चरणमा अर्जेन्टिनाले अष्ट्रेलियालाई र नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०७:०६   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।