कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अहिले सर्वाधिक सफल टिम ब्राजिलले साविक उपविजेता क्रोएसिया माथि १-० को अग्रता लिएको छ ।
राजधानी दोहास्थित एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा ब्राजिल र क्रोएसियाले बराबरी खेलेका थिए ।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकलिएको थियो।
अतिरिक्त समयमा नेयमारले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका हुन्।
नेयमारले लुकास पाक्वेटाको पासमा गोल गरेका हुन्।
यस गोलसँगै नेयमारले लिजेन्ड खेलाडी पेलेको रेकर्ड तोडेका छन्।
पेलेले ७७ गोल गरेका छन्। नेयमारले ७७ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक धेरै गोल गर्ने पेलेको रेकर्ड तोडेका हुन्।
यसैगरी पेले र रोनाल्डोपछि नेयमार ब्राजिललाई लागि तीन फरक विश्वकपमा गोल गर्ने खेलाडी बनिसकेका छन्।
जारी विश्वकपमा नेयमार चार खेल खेल्दा दुई गोल र एक असिस्ट गरेका छन्।
क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो। ब्राजिल भने दक्षिण कोरियालाई ४(१ गोलान्तरले स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
यस खेलको विजेता टिमले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेता राष्ट्रले खेल्ने छ।




















प्रतिक्रिया