Logo

खेलकुद

ब्राजिलविरुद्ध बराबरीमा फर्कियो क्रोएसिया



कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा अहिले क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा भइरहेको छ ।

एजुकेसन सिटी स्टेडियममा जारी ब्राजिलविरुद्ध क्रोएसियाले बराबरी गोल फर्काएको छ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकलिएको थियो।

अतिरिक्त समयमा नेयमारले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए।

तर ११६ मिनेटमा ब्रुनो पेटकोभिकले गोल गरेपछि क्रोएसिया बराबरीमा फर्किएको हो।

क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो। ब्राजिल भने दक्षिण कोरियालाई ४-१ गोलान्तरले स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

यस खेलको विजेता टिमले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेता राष्ट्रले खेल्ने छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार २३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।