सेमिफाइनलमा मोरक्कोलाइ २-० गोलको नतिजामा पराजित गर्दै साविक बिजेता फ्रान्स फिफा विश्वकपको फाइनलमा पुगेको छ ।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० को नतिजामा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ ।
राजधानी दोहास्थित अल बयात स्टेडियममा खेलमा फ्रान्सलाई जिताउन थियो हर्नान्डेज र रान्डल कोलो माउनीले एक-एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गरेपछि फ्रान्सले सुरुआती अग्रता बनाएको थियो ।
यस्तै, खेलको ७९औं मिनेटमा माउनीले गोल गर्दै फ्रान्सलाई २-० गोलको जित दिलाए ।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले ४४ सेकेन्डभित्रै गोल गरे। वैकल्पिक खेलाडीका रूपमा यो नै विश्वकपको तेस्रो छिटो गोल पनि हो ।
अब, फ्रान्सले उपाधिका लागि आइतबार बेलुका अर्जेन्टिनाको सामना गर्ने छ ।
यो खेलमा पराजित हुने टिम मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग खेल्ने छ । यो खेल आउदो शनिबार बेलुका ८:४५ बजे हुने छ ।




















प्रतिक्रिया