Logo

समाचार

निगमका क्याबिन क्रुहरुको हड्तालले उडान प्रभावित, मलेसिया र दुबईमा रोकिए जहाज



काठमाडौं । नेपाल वायुसेवा निगमका क्याबिन क्रुहरुको आन्दोलनका कारण उडान प्रभावित भएका छन् । करार सेवामा रहेका दुई जनाको नवीकरण नगरिएको भन्दै सुरु भएको विवाद समाधान हुन नसक्दा निगमका उडान नै प्रभावित भएका छन्, जसको मारमा सयौं यात्रु परेका छन् ।

काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका वायुसेवा निगमका दुई वटा जहाज क्याबिन क्रुहरुकै आन्दोलनका कारण उतै रोकिएका छन् । ती दुवै जहाजमा उडेका क्याबिन क्रुको ड्युटी समय १० घन्टा नाघेका कारण उनीहरुलाई आरम दिइँदा जहाज विदेशमै रोकिनु परेको हो । अन्तर्राष्ट्रिय उड्डयन नियमले १० घन्टाभन्दा बढी काम लगाउन निषेध गरेका छ ।

यता क्याबिन क्रु संघले बुबाधरदेखि थालेको हड्ताल निरन्तर छ । क्याबिन क्रु सघंले बिहीबार विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले करार नवीकरणमा भेदभाव गरेको, आफूहरुको योगदानको कदर नगरेको, सेवा सम्बन्धित काममा निगमले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गरेको लगायतका आरोप लगाएको छ ।

जहाजमा यात्रुलाई सेवा प्रवाह गर्ने १ सय ५७ मध्ये अधिकांश क्याबिन क्रु बुधबारदेखि निगम मुख्यालयमा आन्दोलनमा रहेकाले व्यवस्थापनले बुधबार दिल्ली र बैंग्लोरबाट फर्केका १२ जना क्याबिन क्रुमध्ये ४ जनालाई दुबई र ८ जनालाई मलेसिया पठाएको थियो । एकै दिन दुइटा गन्तव्य परेकाले उनीहरुको ड्युटी समयको सीमा सकीएपछि निगम दुवै जहाज विदेशमै रोक्न बाध्य भएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १४:०३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।