Logo

समाचार

टीसीएलले नेपालमा ल्यायो “गुगल टिभी”



काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गूगल टि.भी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टि.भी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हाे ।

यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रीनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन् । गुगल टिभीको प्रारम्भिक सेटअप पछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन् । होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन्, जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ ।

टीसीएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरूभन्दा एक कदम अगाडि रहेका दाबी गरिएकाे छ, किनभने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु छन्, जसले गर्दा प्रयोगकर्ताहरुले टि.भी चलाउँदा ज्यादै नै सहज र सजिलो महसुस गर्दछन् । यो बाहेक गुगल टिभीले टेलिभिजनअनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ । गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटीकल्ली अपडेट गर्दछ ।

हालै टीसीएलले P735 4K HDR Google TV with camera (७५ ईन्च), C735 QLED 4K Google TV with camera (९६५र ५५ इन्च) र P635 4K HDR Google TV (६५, ५५, ५० र ४३ इन्च) कुल ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ ।

नेपालभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएकाे छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर ईटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १७:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।