काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबलकाे फाइनल खेल भाेलि (आइतबार) हुँदै छ । फ्रान्सले लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल खेल्दैछ भने अर्जेन्टिना फ्रान्सलाई पराजित गरेर उपाधि उचाल्ने याेजनामा छ । सन् २०१८ को विश्व विजेता फ्रान्सले कतार विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग खेल्न लागेकाे हाे ।
तर फाइनल खेलअघि भने फ्रान्सलाई ठूलो झड्का लाग्ने देखिको छ । फ्रान्सका दुई मुख्य खेलाडीले फाइनल गुमाउने सम्भावना भएको फ्रान्स २४ ले जनाएको छ । फ्रान्सका मुख्य दुई डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे फायनल खेलअघि अस्वस्थ भएका छन् । उनीहरुलाई राइरलले सताएको बताइएको छ । दुई खेलाडीले फाइनल खेल्ने या नखेल्ने भन्ने विषयमा अहिलसम्म निर्क्याेल निस्केको छैन ।
यसअघि मिडफिल्डर एड्रियन राबियोट र डिफेन्डर डेओट उपमेकानो पनि सेमिफाइनलमा भएको मोरक्कोविरुद्धको खेलमा घाइते भएका थिए । दुबै खेलाडी शुक्रबारको प्रशिक्षणमा फर्की सकेका छन् ।




















प्रतिक्रिया