Logo

खेलकुद

फिफा विश्वकपमा तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (शनिबार) तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै छन् । दुई देशबीचको खेल खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा राति ८ः४५ मा सुरु हुनेछ ।

मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।

अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो भने युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो ।

मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार ०९:४५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।