Logo

खेलकुद

क्रोएसियाका कप्तान मोड्रिचले तत्काल सन्यास नलिने



काठमाडौं । क्रोएसियाका कप्तान लुका मोड्रिचले अन्तराष्ट्रिय फुटबलबाट तत्काल सन्यास नलिने भएका छन् । क्रोएसियालाई विश्वकपमा तेस्रो स्थान दिलाउन सफल मोड्रिचले अर्को वर्ष जुनमा हुने नेसन्स लिग फाइनलसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने योजना बनाएका छन् ।

शनिबार राति मोरक्कोलाई २–१ ले हराएर क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो । ‘म राष्ट्रिय टोलीको आनन्द लिइरहेको छु’, ३७ वर्षीय मोड्रिचले भने, ‘मलाई अझै पनि उच्च स्तरमा प्रदर्शन गर्न सक्छु जस्तो लाग्छ । म कम्तिमा नेसन्स लिगसम्म जारी राख्न चाहन्छु। यसले मलाई युरो २०२४ को बारेमा सोच्न समय दिनेछ ।’

मोड्रिचको यो अन्तिम विश्वकप हो । २०१८ को रुस विश्वकपमा मोड्रिचले क्रोएसियालाई उपविजेता बनाएका थिए ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार ११:१९   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।