Logo

खेलकुद

फ्रान्सविरुद्ध अर्जेन्टिना २–० गाेलअन्तरले अगाडि, एन्जेल डी मारियाले थपे अर्को गोल



काठमाडौं । कतार विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीको प्रतिस्पर्धा भइरहेको छ । कतारको लुसिल स्टेडियममा जारी फाइनल खेलमा अर्जेन्टिाले २–० गोलले अग्रता लिएको छ ।

खेलको २३औं मिनेटमा कप्तान मेस्सीको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको छ । खेलको ३६औं मिनेटमा एन्जेल डी मारियाले अर्को गोल थप्दै अग्रतालाई बलियो बनाएका हुन् ।

सुरुदेखि नै तुलनात्मक रुपमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध वर्चस्व जमाइरहेको छ ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार २१:२७   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।