पाखरा । गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ । प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको छ ।
शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको छ ।
प्रदेशसभाका नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।




















प्रतिक्रिया