काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा काठमाडौंले विजयी सुरुआत गरेको छ । आज (शनिबार)बाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८÷१८ रन बनाए । काठमाडौंका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान गरे । उनले ४२ बलमा ३ चौका र ७ छक्काको आक्रमक पारि खेले ।
यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, विरनदिप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २र२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे ।




















प्रतिक्रिया