काठमाडाैं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी १ लाख रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाका १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।




















प्रतिक्रिया