काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार तेस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखराले एभेन्जरसलाई ३ विकेटले पराजित गरेको हो । पोखरले भने प्रतियोगितामा तेस्रो हार व्यहोरेको हो ।
पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ तथा शाडले क्लाउड वैन शाल्कविकले अविजित ३१ रन बनाए । उन्मुक्त चन्दले २२ रन बनाए । अनिल शाहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए ।
पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २/२ तथा प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकिय ईनिङ खेले ।
१० ओभरमा २७ रन मात्र बनाएको पोखरा मल्लको बिष्फोटक ईनिङको सहयोगमा सम्मानजनक योगफल सम्म पुग्यो। उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि शाडले क्लाउड वैन शाल्कविकले ३ तथा किशोर महतो र गुलसन झाले समान २/२ विकेट लिए । लगातार तेस्रो जित हात पारेको लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । पोखरा ३ खेलमा अंक विहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।




















प्रतिक्रिया