काठमाडौं । राजधानीमा जारी नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारसले फार वेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गरेको छ । टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी बलिङमा आएका थिए ।
त्यसपछि फार वेस्टले २० रनको लक्ष्य पायो । फार वेस्टका लागि हजमतुल्लाह शाहिदी र विनोद भण्डारी ब्याटिङमा आए । लुम्बिनीले बलिङमा किशोर महतोको प्रयोग गर्यो । तर लक्ष भेटाउन सकने । प्रतियोगिताको पहिलो सुपर ओभर लुम्बिनीले ९ रनले जित्यो ।
जित सँगै लुम्बिनी ४ खेलमा जितका साथ अंक सहित पहिलो स्थानमा कायमै रहेको छ । हारसँगै फर वेस्ट अंकका साथ चौथो स्थानमा कायमै रहेको छ । फार वेस्ट यसै संस्कणको पहिलो भेटमा पनि लुम्बिनीसँगको खेलमा पराजित भएको थियो ।




















प्रतिक्रिया