Logo

अर्थ

धान उत्पादनमा वृद्धि, गत वर्षभन्दा ४ लाख ४० हजार टन धेरै फल्यो



काठमाडौं । देशभर यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत वर्षभन्दा करिब ७ प्रतिशतले धान उत्पादन बढेको हो ।

यो वर्ष गत वर्षको तुलनामा ४ लाख ३९ हजार ४६७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५० लाख ५७ हजार ५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार ५७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल २ प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ९.१२ प्रतिशतले वृद्धि भएको छ ।

पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४१ टन धान उत्पादन भएकोमा अहिले ३.७९ टन उत्पादन भएको छ । मन्त्रालयका अनुसार देशभर चैते र वर्षे सिजनको गरी कुल १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान उत्पादन भएको हो ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १६:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।