Logo

खेलकुद

आहा रारा पोखरा गोल्डकप : आयोजकलाई हराउँदै धरान क्वाटफाइनलमा



पोखरा । २२औं आहा रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । आज (बिहीबार)भएकाे खेलमा आयाेजक सहारा क्लबलाई १–० ले हराउँदै धरानले क्वाटरफाइनलमा नेपाल एपीएफ क्लबसगँको भेट पक्का गरेकाे हाे ।

धरानलाई जित दिलाउन प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । उनले खेलको चाैथाे मिनेटमा फ्रिकिक मार्फत गोल गरेका हुन् । खेलमा सहाराका भावगत चौधरीले धरानका बुढाथोकीलाई फउल गरेपछि पाएको फ्रिकिकलाई बुढाथोकीले नै गोलमा परिणत गरेका हुन् । उनी म्यान अफ दि म्याच पनि भए ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए । प्रतियोगिताका विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ । उत्कृष्ट पाँच विधालाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १८:३९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।