काठमाडौं । लुम्बिनी अल स्टार्स् पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । आइतबार टियु क्रिकेट मैदानमा भएको खेलमा विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो ।
लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १९.३ ओभरमा अलआउट भएर ११० रन बनायो । विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । गौरान्शु शर्माले १२ तथा पृथु बास्कोटाले ११ रन बनाए । लुम्बिनीका लागि श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान २/२ तथा किशोर महतो,कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो। लुम्बिनीका लागि कपतान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतकीय ईनिङ खेले । कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३/१३ रनमा आउट भए । विराटनगरका लागि विवेक यादव,सुर्य तामाङ र नन्दन यादवले समान २/२ विकेट लिए । कियोन जोसेफ र राज नाननले समान १/१ विकेट लिए ।
सात खेल खेलेर छ जित हात पारेको लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । ६ खेल खेलेर दुई जित हात पारेको विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।




















प्रतिक्रिया