Logo

खेलकुद

सन्दीप लामिछाने डिप्रेसनमा !



नाबालिका बलात्कार आरोपमा कारागारमा रहेको क्रिकेटर सन्दीप लामिछानेलाई डिप्रेसन भएको छ ।

सन्दीपको डिप्रेसन खराब अवस्थामा पुगिसकेको पाइएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

केही दिनदेखि सन्दीपको बोली तथा व्यवहारमा परिवर्तन देखिएको घिमिरेले बताएका छन् । सन्दीपलाई अहिले कारागारममै मनोपरामर्शविद् लगेर परामर्श दिन थालिएको छ ।

सन्दीपलाई दैनिक काउन्सिलिङ गर्नुपर्ने अवस्था देखिएको घिमिरेले बताए । कारागारमा छुट्टै कोठा नभएकाले काउन्सिलिङमा समस्या भएको बताइएको छ ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार २०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।