Logo

खेलकुद

नेपाल टी–ट्वान्टी : लुम्बिनीसँग जनकपुर ५ रनले पराजित



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टार्स्ले जनकपुर रोयल्सलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार लुम्बिनीले जनकपुरलाई ५ रनले हराएको हो ।

लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो । जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कप्तान ट्राभोन ग्रिफिथ,शरफुदिन असरफ र सन्दिप जोराले समान २६र२६ रन बनाए । समिउल्लाह शिनवारीले १८ रन बनाए ।लुम्बिनीका लागि ह्यारी टेक्टर

र विपुल शर्माले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो । लुम्बिनीका लागि हरमित सिंह र लाहिरु मिलान्थाले बीचमा ७७ रनको ओपनिङ साझेदारी गरेका थिए । ११.१ ओभरमा पहिलो विकेट गुमाएको लुम्बिनीका लागि हरमित सिंहले ४७ बलमा ७३ रनको अर्धशतकीय ईनिङ खेले । लाहिरु मिलान्था ३३ तथा ह्यारी टेक्टरले अविजित १८ रन बनाए ।

कुशल भुर्तेलले १७ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए । जनकपुरका लागि सरफुदिन असरफले ३ तथा जितेन्द्र मुखिया,समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।

लुम्बिनी आठ खेलमा १४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । जनकपुर आठ खेलमा १० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यस प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १६:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।