Logo

खेलकुद

हाम्रो खेलाडीलाई फिक्सिङको प्रस्ताव आयो : ज्ञानेन्द्र मल्ल



नेपाल टी–ट्वान्टी लिगको काठमाण्डौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर बताएका छन् ।

आज (मंगलाबार) विराटनगरविरुद्धको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा कुरा पुर्‍याइसकेको बताए ।

उनले भने, ‘ फिक्सिङ गर्नु र अप्रोच आउनुमा धेरै फरक छ । हामीले त्यसलाई लिने या नलिने भन्ने कुरा हो । हामीले त्यो कुरालाई बेवास्ता गर्‍यौँ’। मल्ल नेतृत्वको काठमाण्डौंले आजको खेलमा विराटनगरलाई हराएको थियो ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १७:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।