Logo

खेलकुद

नेपाल टी–ट्वान्टी लिग : काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायरमा



काठमाडौं । नेपाल टी(ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार लुम्बिनीले काठमाडौंलाई १०२ रनले पराजित गरेको हो ।

काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरे पछि खेल १७ ओभरमा छोट्याईएको थियो । लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.४ ओभरमा अलआउट भएर ८१ रन बनायो ।

काठमाडौंका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरी रनमा १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन बनाए । लुम्बिनीका लागि ह्यारी टेक्टर,कुशल भुर्तेल र इशान पाण्डेले समान २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धशतकीय ईनिङ खेले । उनले पहिलो विकेटका लागि लाहिरु मिलान्थासँग मिलेर ९८ रनको साझेदारी गरे ।

मिलान्थाले २९ बलमा २६ रन बनाएर आउट हँदा गुलसन झाले ११ बलमा २१ रन बनाए । ह्यारी टेक्टर ८ बलमा १७ रनमा आउट हुँदा अनिल शाह १६ रनमा अविजित रहे । कुशल भुर्तेल १५ रन बनाए । काठमाडौंका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।

आठ खेल खेलेर ४ जित तथा ४ हार हात पारेर ८ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नौ खेलमा सात जित हात पारेको लुम्बिनी १६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १४:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।