Logo

अर्थ

सरकारको न्यूनतम साझा कार्यक्रम मस्याैदा कार्यदल बैठक आज, कार्यक्रमलाई अन्तिम रूप दिने



काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदलको बैठक दिउँसो १ बजे अर्थमन्त्रालयमा बस्दै छ ।

आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने बताइएको छ । गठबन्धनका साझेदार दलहरूबाट सुझाव लिइएको आधारमा कार्यक्रमलाई पूर्णता दिन लागेको छ । यस विषयमा बुधबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

कार्यक्रम अर्थतन्त्रलाई लयमा फर्काउनेफर्त केन्द्रित हुने भनिएको छ । यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा

विकास साझेदारहरूको विश्वास आर्जन गर्नमा पनि जोड दिइने जनाइएको छ ।पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा महामन्त्री मुकुल ढकाल, राप्रपाका धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ सदस्य छन् ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १३:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।