Logo

प्रमुख समाचार

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच तीन घण्टा छलफल



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आसन्न भारत भ्रमणका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग तीन घण्टा लामो छलफल गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय नेतृत्वसँग हुने सम्भावित वार्ताका विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने भ्रमणका लागि भारत जाँदै छन्। भ्रमणको पूर्वसन्ध्यामा भएको प्रधानमन्त्री र लामिछानेबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटका क्रममा लामिछानेले आफ्नो भारत भ्रमणको अनुभव सुनाउँदै भारतीय नेतृत्वसँगको वार्तामा उठाउन सकिने विषयबारे प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

प्रधानमन्त्रीको भारत भ्रमणलाई प्रभावकारी बनाउन र द्विपक्षीय सम्बन्धका विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १८:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।