Logo

खेलकुद

चर्च ब्वाइजलाई हराउँदै अमेरिकी टिम बीवाईएससी फाइनलमा



पाेखरा । अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएले २२ औं संस्करणको आहा १ रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १(० गोल अन्तरले हराउँदै भुटनीजले फाइनलमा स्थान बनाएको हो ।

भुटनीजको जितमा रोजिन प्रजापतिले निर्णायक गोल गरे । रोजिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । यस्तै खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो ।

अब भुटनीजले उपाधिका लागि फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । संकटाले एपीएफलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १८:२९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।