काठमाडौं । नाबालिगलाई बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज (बिहीबार) पनि सुनुवाइ हुन सकेन । सन्दीपले दिएका पुनरावेदन निवेदन सुनुवाइका लागि बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा परेको थियो ।
तर सन्दीपको वकिलले नै सुनुवाइ स्थगित गराएका हुन् । अब उनको मुद्दाको सुनुवाई अर्को हप्ता हुनेछ । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।




















प्रतिक्रिया