Logo

अर्थ

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । सुनको मूल्य (आइतबार) पनि उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार ११:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।