काठमाडाैं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार सुरु गरेको छ। दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार शुभारम्भ गरिएको हो ।
दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज भएकाे हाे । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओ सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बनेका छन् ।
प्रभु बैंक र सेञ्चुरीबीच गत साउन १५ मा मर्जर सम्झौता भएको थियो । प्रभु बैंकले आज सूचना जारी गर्दै एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनका लागि केही दिन सम्पूर्ण सेवा बन्द हुने जनाएको छ ।
बैंकले जारी गरेको सूचनाअनुसार आज राति १० बजेदेखि २६ गते बिहान १० बजेसम्म दुवै बैंकले विभिन्न शाखाबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण सेवा बन्द रहने जनाएका हुन् । प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड छ भने सेञ्चुरी बैंकको चुक्ता पुँजी नौ अर्ब ५५ करोड छ ।




















प्रतिक्रिया