पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ।
प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी जीवन ज्ञवालीले शुक्रबार एक कार्यक्रमबीच आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई बुझाएका हुन्। नेपालको संविधानको धारा २९४ को उपधारा ९३० अनुसार प्रतिवेदन पेस गरिएको हो।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आगामी स्थानीय तह निर्वाचनको तयारीमा आयोगले आवश्यक कामकारबाही अघि बढाएको विश्वास व्यक्त गरे। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।
जनप्रतिनिधि चयन गर्ने निर्वाचन महत्वपूर्ण लोकतान्त्रिक प्रक्रिया भएकाले यसमा कुनै पनि प्रकारको पक्षपात हुन नहुने उनको भनाइ थियो। मतपेटिकाको सुरक्षित व्यवस्थापनदेखि मतगणना र नतिजा सार्वजनिक गर्ने प्रक्रियासम्म निष्पक्षता कायम गर्नुपर्ने उनले बताए।
कार्यक्रममा निर्वाचन अधिकारी ज्ञवालीले गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको सारांश प्रस्तुत गरेका थिए। उनले आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले आवश्यक तयारी सुरु गरिसकेको जानकारीसमेत गराए।




















प्रतिक्रिया