काठमडौं । एल.जी.ले ऐयर सोलुसन्स सम्मेलन समापन गरेको छ । सम्मेलनमा एल.जी.का विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित ब्यवसायमा रहेकाहरुलाई जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी गराइएको थियो ।
यो सम्मेलन दुई सत्रमा विभिजित रहेको थियो, जस अन्तर्गत पहिलो सत्रमा एल.जी. इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिम ले एल.जी. ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिनुका साथै सि.जी. इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एल.जी. ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए । यस कार्यक्रमको मुख्य आर्कषण LGBusiness Solutions अन्तर्गत रहेको Multi VRF, Air Purifier, Dehumidifier, Round Cassette AC, Interactive Display, Digital Signage थिए ।
एल.जी.ऐयर सोलुसन्स सम्मेलनको दोस्रो सत्रमा “ऊर्जा दक्षतामा प्रविधिको भुमिका” शीर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञमाझ छलफल गरिएको थियो । उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरी, एच.भि.ए.सी. कन्सल्टेन्ट रविन्द्र नाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टरका सहायक डाईरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवनप्लानर अर्किटेक्ट विभुतिमान सिंह, एल.जी. कोरियाका ी सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायकप्रोफ्रेसर निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ती राखेका थिए ।
दोस्रो सत्रको छलफललाई कोरियाका राजदुत पार्क चोङ सुकको विशेष उपस्थितिकाबीच गरिएको थियो । चौधरी ग्रुपले एल.जी. सँग तीनदशकभन्दा बढी व्यवसायीक सहकार्य गर्दै आईरहेको र साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसायविगत एक दशकभन्दा बढी देखी पनि गर्दै आइरहेको छ ।




















प्रतिक्रिया