Logo

अर्थ

बेकोका उत्पादनहरुमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्ससर्भिस ग्यारेन्टी



काठमाडाैं । चाैधरी धरीग्रुपले गतवर्षदेखि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको यूरोपको टप हाेम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरीआफ्ना ग्राहकहरुलाई ढुक्क हुन आह्वान गरेको छ । चौधरी ग्रुपले चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनहरुमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ ।

कम्पनीले नेपालभरिका आफ्ना ४० भन्दा बढी सर्भिस सेन्टरहरुबाट यो सेवा निरन्तर रुपमा दिइरहेको छ।बेकोका उत्पादनहरुमा १२ बर्षसम्मको पार्ट्स वारेन्टी रहेको छ। र हालै कम्पनीले यो जाडोमौसमलाई लक्षित गर्दै “वेलकमविन्टर” योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरुको खरिदमा आकर्षक उपहारहरु प्राप्त सक्नेछन् । जसअनुसार वाशिङमेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी.को सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउड र उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ।

साथै एअरकन्डिसनरको खरिदमा रु.४,००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ। उक्त योजना मङ्सिर १५, २०७९ देखि सीमित अवधिका लागि लागू गरिएको जनाइएकाे छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजीईओएल रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवार अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुरराधेराधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १२:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।