Logo

कोशी प्रदेश

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार (पुस २९ गते) विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गरेका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हालेका थिए । उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाएका थिए ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १४:३९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।