Logo

राजनीति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता रावलद्वारा दाबी पेश



धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख देवराज जोशीसमक्ष एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा एमाले रावलले दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेश गर्न बुधबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । उक्त समयसीमाभित्रै एमाले नेता रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा २९ सांसद छन् । प्रदेश सभामा एमाले तेस्रो ठूलो दल हो ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १७:०२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।