Logo

खेलकुद

लुम्बिनी लगातार दाेस्राे पटक एनपीएलको फाइनलमा, सुदूरपश्चिममाथि जितको ह्याट्रिक



लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको लगातार दोस्रोपटक फाइनल प्रवेश गरेको छ ।

एनपीएलको साविक विजेता लुम्बिनी जारी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । गत सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई नै हराउँदै उपाधि उचालेको थियो । यस्तै यस सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै हराउँदै विजयी शुरुवात गरेको थियो ।

आजको खेल जितेसँगै लुम्बिनीले सुदूरपश्चिममाथि लगातार तीन खेलमा जित हात पार्दै जीतको ह्याट्रिक पूरा गरेको छ ।

आज भएको क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी फाइनल प्रवेश गरेको हो ।

१०६ रनको लक्ष्य सुदूरपश्चिमले २० बल बाँकी छँदै मात्र ४ विकेट गुमाउँदै भेट्टाएको हो । लुम्बिनीलाई जिताउन निरोसन डिक्बेल्लाले अविजित ५९ रन बनाए । ३७ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कप्तान रोहित पौडेलले २१ रन बनाए भने दिलीप नाथ १० रनमा अविजित रहे । सामान्य लक्ष्यलाई लुम्बिनीका ब्याटरले सुझवुझपूर्ण रुपमा खेल्दै हासिल गरे ।

सुदूरपश्चिमका लागि थिरन्दु रत्नायकेले २ विकेट लिए ।त्यसअघि पहिले ब्याटिड गरेको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको अर्ध शतकको मद्दतमा १०५ रन बनाएको थियो ।

नेपाल प्रिमियर लिग पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका छन् । उनले ५२ बलमा ५१ रन बनाए । यस्तै इशान पाण्डे २७ रन बनाएर रन आउट भए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हिजो मात्रै टोलीमा जोडिएको स्कटिस ब्याटर जोन मुन्स शुन्य रनमा आउट भए । शुन्य रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमले ८ रनमा दोस्रो र तेस्रो विकेट गुमाएको थियो ।

चौथो विकेटका लागि दीपेन्द्रले इशानसँग ६४ रनको साझेदारी गरेका थिए । तै पनि अर्को ब्याटरको साथ नपाउँदा सुदूरपश्चिमले ठुलो लक्ष्य दिन सकेन । दीपेन्द्रले लगातार दोस्रो खेलमा र समग्रमा तेस्रो अर्धशतक बनाएका हुन् ।

लुम्बिनीका लागि शेर मल्ल र ट्रम्पलम्यानले दुई दुई तथा किशोर महतो र अविशेष गौतमले एक एक विकेट लिए ।

आजको खेल हारे पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना भने सकिएको छैन । भोली हुने प्ले अफको दोस्रो खेलको विजेतासँग सुदूरपश्चिमले खेल्ने छ । त्यो खेल जितेमा सुदूरपश्चिम फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलवार २०:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।