धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले चार दलको समर्थनसहित बहुमत जुटाएका रावललाई संविधानको धारा १६८ (२) अनुुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
रावलले बुधबार नै प्रदेश प्रमुख जोशीसमक्ष २९ सांसदको समर्थनसहित दाबी पेश गरेका थिए । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा दाबी गरेका रावललाई प्रदेश प्रमुखले बुधबार नै मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा एक गरी २९ सांसद पुुगेका हुन् ।





















प्रतिक्रिया