Logo

राजनीति

कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा, उपसभामुख उम्मेदवारबारे छलफल




काठमाडौं । कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान १० बजेदेखि जारी छ ।

माघ ७ गते हुने उपसभामुख निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई सभामुख उम्मेदवार बनाएको थियो । तर बिहीबार भएको निर्वाचनमा उनी पराजित भइन् भने सत्ता साझेदार दलको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुख चयन भएका थिए ।

कांग्रेसले एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग पनि छलफल गरी उम्मेदवार तय गर्ने तयारी गरेको छ । सत्ता साझेदार दलभित्र भने उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुने सम्भावना छ । उक्त पार्टीको संसदीय दल बैठकले इन्दिरा राना मगरलाई उपसभामुख पदमा उठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ११:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।