Logo

राजनीति

कांग्रेसको संस्थापन इतर पक्षको बैठक जारी




काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको छ । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका एक नेताले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक भूमिकाप्रति इतर समूह असन्तुष्ट छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि इतर समूहका नेताहरूले असहमति जनाएका थिए ।

यसका साथै यही माघ १५ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । त्यसको तयारीका विषयमा पनि बैठक केन्द्रित भएको बताइएकाे छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १०:२५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।