Logo

खेलकुद

‘फिक्सरको प्रलोभनमा आदिलले फ्याँकेका थिए नोबल र वाइड बल’



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अनसारीले नेपाल टी–२० लिगमा म्याचमा फिक्सरको प्रस्तावअनुसार बलिङ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै लिगमा भएको स्पट फिक्सिङ र लाइभ बेटिङबारे जानकारी दिएको हो ।

आदिललाई एउटा नोबल र एउटा वाइड बल फाल्नका लागि एप्रोच आएको सीआईबीको अनुसन्धानमा खुलेको छ । उनले खेलेका कम्तीमा २ वटा खेलमा सोही प्रकृतिको खेल देखिएको पनि सीआईबीको दाबी छ ।

यसैगरी पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमले कम्तीमा २ जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको खुलेको सीआईबीले जनाएको छ ।

प्रहरीले आदिल र महबुबले ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा सोमबार पक्राउ गरेको थियो । सीआईबीले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:१२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।