Logo

राजनीति

संवैधानिक इजलासमा बहस : ‘रविले आफूलाई कानूनभन्दा माथि ठाने’



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ भइरहेकाे छ । सुनुवाइमा निवेदकको तर्फबाट सुरेन्द्र भण्डारीले बहस गर्दै रवि लामिछाने विदेशी नागरिक भएको दाबी गरेका छन् ।

बहसका क्रममा अधिवक्ता भण्डारीले रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको तर्क गरेका छन् । ‘अमेरिकी नागरिकता त्यागिसकेको निवेदन दिनुपर्नेमा कुनै पनि प्रक्रिया पालना नगरेको, आफूलाई कानूनभन्दा माथि ठानेको छ’, उनले भने, ‘उनी नेपाली मूलका विदेशी नागरिक हुन् ।’

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १४:१३   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।