Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकाे भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रचण्ड प्रधानमन्त्री भएपश्चात् उत्पन्न विभिन्न आशंका मेटाउन र मन माझामाझका लागि भेटवार्ताले तीव्रता पाएको नेताहरू बताउँछन् । यसअघि मंगलबार पनि प्रचण्ड र ओलीबीच भेट भएको थियो ।

एमालेको भागमा परेको राष्ट्रपति पदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि आकांक्षा राखेपछि सत्तारुढ दलहरुबीच अविश्वासको वातावरण सृजना भइरहेका बेला दुई नेताले भेटवार्तार्ला तीव्रता दिएका हुन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १२:२४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।