Logo

खेलकुद

आईसीसी ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड नेपालका आसिफ शेखलाई



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको जनाएको छ ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले आसिफले उक्त अवार्ड जितेका हुन् । आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गर्ने अवसर पाए पनि आउट गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसाको विषय बनेको थियो ।

त्यसैले आईसीसीले स्पिरिट अफ द क्रिकेट अवार्ड आसिफलाई दिएको हो। आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।

जसले आसिफलाई आईसीसी अवार्ड दिलायाे…

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १७:५०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।