Logo

प्रमुख समाचार

रविका वकिललाई न्यायाधीशले भने : अमेरिकी नागरिक रहेकै बेला नेपाली पासपोर्ट निकालेको तथ्य हो



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजासमा सुनुवाइ जारी छ । सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले रविले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली पासपोर्ट निकालेको तथ्य रहेको बताए ।

‘सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकताको प्रयोग गरेर पासपोर्ट निकालेको र २०१८ मा अमेरिकी नागरिकता त्यागेको स्थापित तथ्य हो’, रविको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता नरेन्द्र केसीलाई जवाफ दिँदै न्यायाधीश खतिवडाले भने ।

अहिले रविका वकिलहरूको बहस जारी रहेको छ । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्ने छन् । बहस सकिएपछि सर्वोच्चले आजै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्ने छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १२:२८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।