काठमाडौं । एक वर्षदेखि रिक्त राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने जानकारी दिएका छन् ।
अध्यक्ष तिमिल्सिनाले निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् । शुक्रबारको राष्ट्रियसभा बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो ।
राष्ट्रियसभाको अध्यक्षले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।




















प्रतिक्रिया