काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।
निर्वाचन आयोगका अधिकारीहरुका अनुसार, सांसद पद रिक्त भएको जानकारी संघीय संसद सचिवालयबाट औपचारिक पत्र पाएपछि उपनिर्वाचनको पक्रिया अघि बढ्ने छ ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने निर्वाचित भएका थिए । अहिले सर्वोच्चको आदेशले सांसद र मन्त्री पदसँगै पार्टी सभापति पद पनि गुमेको छ । यद्यपि उनी संस्थापक रहेको रास्वपा भने रहने छ ।




















प्रतिक्रिया