रौतहट । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले ठूला पार्टीले कार्यकर्ता पाल्न देशको ढुकुटी रित्याएको आरोप लगाएका छन् । जुनै सरकार फेरिए पनि जनतालाई समृद्धि र सुशासनको अनुभूति दिलाउन नसकेका भन्दै उनले देशमा सङ्घीय गणतन्त्र नामको लागि मात्र रहेको र मुठीभरका नेताहरूले देश लुटिरहेको टिप्पणी गरे ।
गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनियास्थित विद्यालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उद्घाटन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता साहले राजाको स्थानमा ठूला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको पनि टिप्पणी गरे । विगतमा राजा हटाउन कांग्रेस र कम्युनिस्ट नेताहरू एक ठाउँमा आए पनि अहिले अवस्था बदलिएको र नेताहरू नै शासक बनेको उनको जिकिर थियो ।
अहिले राजाको कुर्सीमा ठूला दलका नेताहरू विराजमान भएकाले नेपाली जनता उपेक्षित भएको अध्यक्ष साहले बताए ।




















प्रतिक्रिया